PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इएफएल कप : म्यानचेष्टर सिटी ९-० बुर्टोन अल्विओन, जेससले गरे चार गोल



पहिलोपोस्ट

इएफएल कप : म्यानचेष्टर सिटी ९-० बुर्टोन अल्विओन, जेससले गरे चार गोल
photo : dailymailsports

गाब्रीएल जेसस एक्लैले चार गरेपछि बुर्टोन अल्विओनलाई पहिलो लेगमा फराकिलो अन्तरले पराजित गर्दै म्यानचेष्टर सिटी इएफएल कपको फाइनल नजिक पुगेको छ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको सेमिफाइनल पहिलो लेगको खेलमा सिटीले बुर्टोनलाई ९-० ले पराजित गरेको हो।

पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा पाँच गोल थप्यो। खेलको सातौँ मिनेटम केभिन डे ब्रुएनाको गोलबाट अग्रता लिएको सिटीका लागि जेससले ३०औँ र ३४औँ मिनेटमा लगातार गोल गरेका थिए। जिनचेन्कोले ३७औँ मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै ४-० को अग्रता बनायो।

५७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका जेससले ६५औँ मिनेटमा व्यक्तिगत चौथो तथा सिटीका लागि सातौँ गोल गरे। त्यसअघि फिल फोडेनले ६२औँ मिनेटमा गोल गरेका थिए। केल वाल्करले ७०औँ र रियाद महारेजले ७०औँ मिनेटमा गोल गरेपछि सिटी पराकिलो अन्तरले विजयी भएको हो।   

सिटीले अब दोस्रो लेग जनवरी २३ मा अवे मैदानमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell