PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

साम्तेन भुटिया : अरु फिल्ममा जस्तो 'अनागत'मा तडक भडक छैन



पहिलोपोस्ट

साम्तेन भुटिया : अरु फिल्ममा जस्तो 'अनागत'मा तडक भडक छैन

काठमाडौं: अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा अभिनित फिल्म ‘अनागत’ प्रदर्शनको तयारीमा छ। माघ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मले प्रचार पनि थालिसकेको छ।

हालै टिमले पत्रकार भेटको आयोजना गर्दै युट्यूबमा यसअघि सार्वजनिक भइसकेको टिजर र प्रियंकाले गाएको एक गीत सार्वजनिक गर्‍यो। 'कसलाई पोखुँ'बोलको गीतमा प्रियंकासँगै सुरज शाही ठकुरीले स्वर दिएका छन्।

फिल्म मनोविज्ञानमा आधारित छ। फिल्ममा अर्पण र प्रियंकासँगै प्रविन खतिवडा, रोसिन सुबेदीलगायतको अभिनय छ। फिल्ममा प्रियंका र अर्पण श्रीमान, श्रीमतीको भुमिकामा देखिएका छन्।

‘लेटर’ मार्फत निर्देशनमा डेब्यू गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन्। माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई भुटियाले नै सम्पादन गरेका हुन्।

फिल्मलाई सिसन बानियाँले छायाँकन गरेका हुन्। साम्तेनले फिल्मले एउटा परिवारको कथा बोल्ने बताए। उनले भने ‘फिल्ममा मैले सोचेको झैँ प्रियंका र अर्पणले आफुलाई प्रस्तुत गरेको छ। यो फिल्म सस्पेन्स थ्रिल जनराको फिल्म हो, जसमा शंका उतपन्न गर्ने अवस्थालाई देखाइनेछ। यसमा अरु कमर्सियल फिल्म जस्तो तडक भडक छैन तर यो यथार्थसँग नजिक रहेको फिल्म हो।’

प्रियंकाले फिल्मले नजिकबाट जिवनको यथार्थलाई देखाउने प्रयास गरेको बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell