PahiloPost

Jun 24, 2026 | १० असार २०८३

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै
फाइल फोटो

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज भारत प्रस्थान गर्दैछन्।

मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ।

भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नेछन्। मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell