PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

नेमारको गोलले पनि जोगाउन सकेन पीएसजीलाई, गुइनगाम्पसँग पराजित हुँदै लिगकपबाट बाहरियो



पहिलोपोस्ट

नेमारको गोलले पनि जोगाउन सकेन पीएसजीलाई, गुइनगाम्पसँग पराजित हुँदै लिगकपबाट बाहरियो

फ्रेन्च लिग वानको अपराजित टिम तथा साविक विजेता पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग कपबाट बाहिरिएको छ।

नेमारले गोल गर्दै अग्रता दिलाएपनि अन्तिम दश मिनेट भित्र पेनाल्टीमा गोल खाएपछि पिएसजी गुइनगाम्पसँग २-१ ले पराजित हुँदै बाहिरिएको हो। घरेलु मैदान पार्क डे प्रिन्समा अग्रता लिएर पनि पीएसजीले जोगाउन सकेन।

लिग वानमा अंकतालिकाको पुछारमा रहेको गुइनगाम्पसलाई कपको सेमिफाइनल पुर्‍याउन इन्जुरी टाइममा मार्कुस थुरामले पेनाल्टीमा निर्णायक गोल गरे।

त्यसअघि थुरामले नै ६१औँ मिनेटमा पेनाल्टी चुकाउँदा गुएइनगाम्सले अग्रता लिने मौका गुमाएको थियो। ६३औँ मिनेटमा नेमारले गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए।

तर ८१औँ मिनेटमा येरी एन'बाकोताले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका थिए। निर्धारित समयमा १-१ को बराबरी भएपनि थप गरिएको पाँच मिनेटको इन्जुरी टाइममको तेस्रो मिनेटमा थुरामले पेनाल्टीमा विजयी गोल गरे।

यस्तै थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाकोले रेनेसलाई पेनाल्टीसुटआउटमा ८-७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। अर्को खेलमा बोर्डेक्सले दोस्रो श्रेणीको ला हार्वेलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।

मोनाको लिग वानको अंकतालिकामा पुछारबाट दोस्रोमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell