PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपालसँगको सिरिजका लागि युएईको टोली घोषणा, नेपालमा खेलिसकेका मोहम्मद नाभिदले कप्तानी गर्ने



पहिलोपोस्ट

नेपालसँगको सिरिजका लागि युएईको टोली घोषणा, नेपालमा खेलिसकेका मोहम्मद नाभिदले कप्तानी गर्ने
नाभिद (बीचमा) photo : https://www.thenational.ae

काठमाडौँ : यही जनवरी अन्तिममा नेपाल र युएईबीच ओडिआई र टी-२० आई सिरिज हुँदैछ।

घरेलु भूमिमै हुने सिरिजका लागि युएईको कप्तानी फास्ट बलर मोहम्मद नाभिदले गर्ने भएका छन्।  नियमित कप्तान रोहन मुस्ताफा प्रतिवन्धमा रहेका कारण नाभदिले कप्तानी गर्न लागेका हुन्।

इमर्जिङ टिम कपमा असन्तुष्टी जनाएका कारण मुस्ताफासहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले आठ साताको प्रतिवन्ध लगाएको छ।

इपीएलमा भैरहवाका लागि खेल्दै नाभिद

नाभिद र मुस्ताफा दुवैले नेपालमा आएर टी-२० लिग खेलिसकेका छन्। नाभिद र मुस्ताफा दुवैले पछिल्लो पटक पोखरामा भएको पोखरा प्रिमियर लिग र काठमाडौँमा भएको एभरेष्ट प्रिमियर लिग खेलेका थिए।

NEP vs UAE, FILE PHOTO

पोखरा पल्टनबाट खेल्दै पोखरा प्रिमियर लिग जितेका नाभिद एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सबाट खेल्दै उपविजेता बनेका थिए।

जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुने सिरिजमा नेपाल र युएईले ३-३ खेलको ओडिआई र टी-२० आई खेल्नेछ।

नेपालले युएई टुरका लागि २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। उक्त टोलीले बुधवारदेखि क्याम्प सुरु गरेका छन्। केही दिनपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ।

 

युएईको टोली:

मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

 

नेपालको युएई टुरको तालिका

जनवरी २५, २०१९ : फस्ट ओडिआई

जनवरी २६, २०१९ : सेकेण्ड ओडिआई

जनवरी २८, २०१९ : थर्ड ओडिआई

जनवरी ३१, २०१९ : फस्ट टी-२० आई

फेब्रुअरी १, २०१९ : सेकेण्ड टी-२० आई

फेब्रुअरी ३, २०१९ : थर्ड टी-२० आई

 

२० सदस्यीय टिम : पारस खड्का (कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, विक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दिप जोरा, सुशन भारी

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell