PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

हवाइ इन्धनको भाउ लिटरमा १० रुपैयाँ घट्यो, आन्तरिक हवाइ उडानको भाडा घट्ला?



पहिलोपोस्ट

हवाइ इन्धनको भाउ लिटरमा १० रुपैयाँ घट्यो, आन्तरिक हवाइ उडानको भाडा घट्ला?

काठमाडौः नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ। निगमले आन्तरिक हवाइ सेवातर्फको इन्धनका लागि भाउ लिटरमा १० रुपैयाँले घटाएको जनाएको छ।

अहिले एक लिटर इन्धनको भाउ १०४ रुपैयाँ ५० पैसा थियो। अब घटेर ९४ रुपैयाँ ५० पैसामा आएको छ। निगमले गत साता पेट्रोलियम पदार्थको भाउ दुई रुपैयाँका दरले घटाएको थियो। इन्धनको भाउ घटाए पनि खाना पकाउने ग्यासको मूल्य भने घटाइसकेको छैन।

लिटरमा १० रुपैयाँ इन्धनको भाउ घटेपछि वायु सेवा कम्पनीहरुले आन्तरिक उडानको टिकट मूल्य पनि घटाउने पर्छ। नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स एसोसिएसन नेपाल बीच शुक्रबार छलफल गरेर हवाइ टिकट मूल्य घटाउने निर्ण हुने एसोसिएसनका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए। यसो हुँदा काठमाडौंबाट बिराटनगरसम्मको हवाइ भाडा २४० रुपैयाँले घट्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell