PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

फिदिममा पहिलोपटक गुञ्जदै नेपथ्य



पहिलोपोस्ट

फिदिममा पहिलोपटक गुञ्जदै नेपथ्य

काठमाडौं:  फिदिममा लोक पप ब्यान्ड नेपथ्यको कन्सर्ट हुने भएको छ। माघे संक्रान्तिको भोलीपल्ट, अर्थात् माघ २ गते नेपथ्यले फिदिममा प्रस्तुति दिन लागेको हो।

पूर्वाञ्चलको माथिल्लो भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो। फिदिम उच्च माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम हुनेछ।  

स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवद्र्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने जनाएको छ।

‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुनेभएको छ।’ 

गायक अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell