PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमएम कप क्रिकेट : प्रदेश नम्बर ३ को सान्त्वना जित, सूर्य तामाङको ५ विकेट



पहिलोपोस्ट

एमएम कप क्रिकेट : प्रदेश नम्बर ३ को सान्त्वना जित, सूर्य तामाङको ५ विकेट
photo : inaruwaonline

सुनसरी : युवा बलर सूर्य तामाङ एक्लैले ५ विकेट लिएपछि प्रदेश नम्बर ३ ले सुनसरीको इनरुवामा भइरहेको मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।

यसअघि नै समूह बी मा विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएपछि प्रदेश नम्बर ३ र कर्णाली प्रदेश दुवै टोली अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। प्रतिष्ठाको लागि भएको खेलमा प्रदेश ३ ले कर्णालीलाई ६ विकेटले पराजित गरेको हो।

इनरुवा क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको ११२ रनको लक्ष्य प्रदेश ३ ले २६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

प्रदेश ३ का लागि आदिल खानले सर्वाधिक २६ रन बनाए भने इशान पाण्डेले २० र जितेन्द्र सिंह ठकुरीले १६ रन जोडे। आसुतोस घिरियाले २० र सोनु तामाङले १४ रन बनाए। दुवै खेलाडी नटआउट रहे।

कर्णालीका दिवान पुन, युवराज केसी, राज साह र रविन्द्र जङ साहीले १-१ विकेट लिए।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ६ ले २९.२ ओभरमा सबै विकेट गुमाएर ११ रन बनाएको थियो।

कर्णालीका कप्तान रविन्द्र जङ शाहीले सर्वाधिक ३९ रन बनाएको इनिङ्समा निश्चल रावतले २२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीलाई अलआउट गर्न प्रदेश ३ का सूर्य तामाङ एक्लैले ५ विकेट लिए। ९.२ ओभर बलिङ गरेका सूर्यले २ मेडन राख्दै २२ रन खर्चिएर ५ विकेट लिएका हुन्। सूर्य तामाङनै खेलको प्लेअर अफ दि म्याच घोषित भए।

समूह बी बाट यसअघि नै लगातार दुई खेल जित्दै आर्मी सेमिफाइनल पुगिसकेको छ।

प्रतियोगिताअन्तर्गत शुक्रवार समूह डी मा रहेका विभागीय टोली एपीएफ र प्रदेश नम्वर १ बिच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell