PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

अष्ट्रेलियाले भारत विरुद्धको ओडिआई सिरिजमा १९८६ को जस्तै गोल्डेन-ग्रीन कलरको किट्स लगाउने



पहिलोपोस्ट

अष्ट्रेलियाले भारत विरुद्धको ओडिआई सिरिजमा १९८६ को जस्तै गोल्डेन-ग्रीन कलरको किट्स लगाउने
PHOTO : CRICKET.COM.AU

भारत विरुद्धको ओडिआई सिरिजमा अष्ट्रेलियाले ८० को दशकको जस्तै किट्स लगाउने भएको छ।

घरेलु भूमिममा हुने तीन खेलको सिरिजका लागि अष्ट्रेलियाले सन् १९८६ मा लगाएको जस्तै गोल्डेन-ग्रीन कलरको जर्सी तयार पारेको हो।

अष्ट्रेलियाको गोल्डेन कलरको जर्सीमा चेस्ट र कलरमा ग्रीन कलर रहेको छ। यस्तै गोल्डेन कलरकै प्यान्ट्स रहेको छ।

सन् १९९६ मा एलान बोर्डरको अष्ट्रेलियाले भारत विरुद्धकै एक खेलको ओडिआई सिरिजमा यस्तै कलरको किट्स प्रयोग गरेको थियो।

८ वर्षपछि अष्ट्रेलियाको ओडिआई टिममा कमब्याक गरेका भेट्रान पिटर सिडल त्यतिखेर १ वर्षका मात्र थिए। भारत विरुद्ध त्यस्तै खालको किट्स लगाउन पाउदा उनी उत्साहित छन्। 'साँच्चै यो एकदमै राम्रो खालको छ।' सिडलले भने। 'सबैजना एकदमै प्रभावित छन्।'

सिडलले पछिल्लो पटक सन् २०१० मा अष्ट्रेलियाका लागि ५० ओभरको क्रिकेट खेलेका थिए।

भारत र अष्ट्रेलियाबीचको पहिलो ओडिआई यही शनिवार सिड्नीमा हुँदैछ। यस्तै दोस्रो ओडिआई एडेलेइडमा आगामी बिहीवार र तेस्रो ओडिआई मेलवर्नमा आगामी शुक्रवार हुनेछ।

यसअघि भएको चार खेलको टेष्ट सिरीमा भारतले अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै अष्ट्रेलियन भूमिमा ऐतिहासिक सफलता हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell