PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

सरकार र सत्तारुढ दल भष्टाचारमा चुर्लुम्म डुब्यो, अब काँग्रेसले जनताको पक्षमा काम गर्ने दिन आयो: काँग्रेस नेता सिंह



पहिलोपोस्ट

सरकार र सत्तारुढ दल भष्टाचारमा चुर्लुम्म डुब्यो, अब काँग्रेसले जनताको पक्षमा काम गर्ने दिन आयो: काँग्रेस नेता सिंह

काठमाडौः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भष्टाचारमा डुबेकाले  नयाँ कुराको अपेक्षा नरहेको टिप्पणी गरेका छन्।

बिहीबार नेपाली काँग्रेस कैलाली नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकार पूर्ण रूपमा असफल भइसकेकाले थप अपेक्षा गर्न नसकिने बताएका हुन्। नेता सिंहले भने,’सत्तारुढ दल र सरकार भष्टfचारमा चुर्लुम्म डुबेको छ। सरकार पूर्णरुपमा असक्षम भइसकेकाले थप आशा गर्ने अवस्था छैन।‘

नेता सिंहले नेपाली काँग्रेस व्यवस्थापन पक्षमा चुस्त हुन नसक्दा पार्टी कमजोर हुँदै भएको बताएका थिए। त्यस्तै नेता सिंहले काँग्रेसले मात्र देशको लागि ऐतिहासिक काम गरेकाले पार्टी अनावश्यक समस्यामा नअल्मलिइ  देश विकासमा लाग्नुपर्ने बताए।

नेता सिंहले भने, ‘सत्तारुढ दल असफलता र भष्टाचारमा चुर्लुम डुबेकाले काँग्रेसले एक भएर देश र जनताको पक्षमा काम गर्नुपर्ने दिन आएको छ। पार्टी भित्रको सामान्य विवादमा अलमलिनु हुँदैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell