PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णयः माघीमा सार्वजनिक बिदा, ४ गते प्रदेश सभा



एम बम

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णयः माघीमा सार्वजनिक बिदा, ४ गते प्रदेश सभा

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको तेस्रो अधिवेशन आगामी माघ ४ गते बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा बिहिवार बसेको बैठकले हिउँदे अधिवेसन माघ ४ गते २ बजे बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुख मोहनराज मल्ललाई सिफारीस गर्ने निर्णय गरेको हो। 


त्यस्तै मन्त्रिपरिषद् बैठकले माघ १ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारु समूदायको प्रमुख चाड माघी पर्वका अवसरमा सरकारले १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्विकृत प्रदान गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।


बैठकले उद्योग वन तथा वातावरण मन्त्रालय अन्र्तगत, वन तथा जलाधार व्यवस्थापन तर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, प्रादेशिक पर्यटन विकास एवम् व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्यान्तीक स्विकृत, उद्योग वन तथा वातावरण मन्त्रालयकै प्रादेशीक वातावरण संरक्षण एवम व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धन्तिक निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरीक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।

बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलयको पशुपंक्षी बजार प्रवद्धन कार्यक्रम कार्यान्वयन कार्य्विधि २०७५ लाई स्विकृत गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले समाजिक विकास मन्त्रालयको अनुदान तथा सहायता रकम विकास एवम कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जनाकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell