PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

प्रज्ञा परिषद् सदस्य नियुक्तीमा ‘नेपाल चलचित्र नृत्य संघ’को विरोध



पहिलोपोस्ट

प्रज्ञा परिषद् सदस्य नियुक्तीमा ‘नेपाल चलचित्र नृत्य संघ’को विरोध

काठमाडौं: नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ। संघले विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तीमा कुनै एक क्षेत्रको अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ।

संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ती जनाएको हो। जसका कारण समग्र नृत्यकर्मीहरुको मनोवल गिराउने काम गरेको जनाइएको छ।

‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ती हुनुको साटो आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन’, विज्ञप्तीमा लेखिएको छ।

संघका अध्यक्ष वसन्त श्रेष्ठले जारी गरेको विज्ञप्तीमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुन: नियुक्तिको माग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell