PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोपा डेल रे : बार्सिलोना लेभान्टेसँग पराजित



पहिलोपोस्ट

कोपा डेल रे : बार्सिलोना लेभान्टेसँग पराजित

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना कोपा डेल रे अन्तिम १६ को पहिलो लेगमा लेभान्टेसँग पराजित भएको छ।

कोपा डेल रे को साविक विजेता समेत रहेको बार्सिलोना लेभान्टेँग २-१ ल स्तब्ध बनेको हो।

कप्तान लियोनल मेसीसहित पहिलो रोजाईँका अधिकांश खेलाडीलाई आराम दिइएको खेलमा फिलिप काउटिन्होले पुनरागमन गर्दै गोल गरे।

खेलको २० मिनेटिभित्रै दुई गोलले पछि परेको बार्सिलोनाका लागि काउटिन्होले ८५औँ मिनेटमा पेनाल्टीबाट एक गोल फर्काएका थिए।

घरेलु मैदानमा एरिक कावायोले चौथो र बोया मोयारेललले १८औँ मिनेटमा गोल गर्दै लेभान्टेलाई २-० को अग्रता दिलाएका थिए।

खेल सकिन पाँच मिनेट बाँकी छँदा काउटिन्होले एक गोल फर्काएपनि हार टार्न पर्याप्ट भएन।

उता सेभियाले पहिलो लेगमा एथ्लेटिक विल्वाओलाई ३-१ ले पराजित गरेको छ। सेभियाका लागि नोलिटो, आन्द्रे शिल्भा र विसन वेन येडरले गोल गरे। विल्वाओका लागि सान जोसेले एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell