PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

अमरराजलाई नागरिक अभिनन्दनसहित संगीत श्रष्ठाको उपमा



पहिलोपोस्ट

अमरराजलाई नागरिक अभिनन्दनसहित संगीत श्रष्ठाको उपमा

काठमाडौँः वरिष्ठ गायक एवम संगीतकार अमरराज शर्मा राजोपाध्यायलाई नागरिक अभिनन्दन साथ सम्मान गरिएको छ।

पञ्चायतकालमा नेपाल भाषा र नेपाली भाषामा गायनको माध्यमबाट प्रगतिशील आन्दोलन थालनी गरेका अमरराजलाई बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ जन संगीत श्रष्ठाको उपमासहित सम्मान गरिएको हो।

 राजनैतिक स्वतन्त्रता नभएको बेलामा त्यस समय सरकारको आलोचना गर्न पाइदैंन थियो। यद्यपि शर्माले नेपाल भाषामा गीतहरू गाउँदै जनजीवनमा चेतनाको विकास गर्न उनले पुर्‍याएको योगदानको कदरस्वरूप सो उपाधि दिइएको बताइएको छ।

वरिष्ठ संगीत श्रष्ठा अमरराज सम्मान समारोह समितिद्वारा आयोजित कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले ताम्रपत्रसहित शर्माको सम्मान गरेका हुन्। यस्तै महर्जन बिजनेस एशोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले दुई लाख पचास हजारको चेक शर्मालाई हस्तान्तरण गरे। शर्मालाई थक द्ये, इन्द्रेणी संस्कृति समाजलगायाका संघसंस्थाले समेत सम्मान गरेका थिए।

जनकवि श्रेष्ठले अमरराज अमर गायक रहेको उल्लेख गर्दै प्रतिभाहरु राष्ट्रको सम्पदा भएको बताए। उनीहरूको सम्मान गर्ने जाति, समाज र राष्ट्रको कहिल्यै मृत्यु नहुने श्रेष्ठले बताए।

सम्मान ग्रहण गर्दै शर्माले ऊर्जाशील महसुस गरेको संगीतलाई स्थापित गराउन जिम्मेवारी थपिएको बताए। पञ्चायतकालमा गितार बोकेर हिँड्दा नै प्रहरीले रोक्ने गरेको भन्दै उनले अहिलेको स्वतन्त्रतालाई हामीले सम्मान गर्नुपर्ने बताए।

कार्यक्रममा शर्माले 'ऐला नव झन् , व सिम्हे नव जी', 'जीवन ला सुख दुख या सागर' जस्ता आफ्ना गीत प्रस्तुत गरेका थिए। यस्तै कलाकारहरू सुरजवीर बज्राचार्य, दीपा महर्जन,सुरज व्यञ्जनकारले अमरराजले रचना गरेका 'भोलि फेरि सल्लाघारीमा, लोसा छुन मब्युसे, कसैले त रक्सी भन्ला कसैले त ऐला' लगायतका गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा अमरराजले गाएका कालजयी गीहरुको सङ्कलन गरिएका दुईवटा सिडी लोकार्पण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell