PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

बसले किचेर तनहुँमा एकको मृत्यु



पहिलोपोस्ट

दमौलीः तनहुँमा शुक्रबार बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग १ ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए। थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell