PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रदेश २ को सम्पर्क भाषा हिन्दी बनाउन सांसद यादवको सुझाव



राधेश्याम पटेल

प्रदेश २ को सम्पर्क भाषा हिन्दी बनाउन सांसद यादवको सुझाव

वीरगंज: पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले प्रदेश २ को सम्पर्क भाषाको रुपमा हिन्दीलाई स्थापित गर्न सुझाव दिएका छन्। वीरगंजमा विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।

होटल भिस्वामा आयोजित कार्यक्रममा उनले भने,‘देशमा संघीयता लागु भएपछि प्रदेश २ अन्तर्गत आठ जिल्ला परेका छन्, सबै जिल्लालाई हिन्दीले बाँधेको छ, यो भन्दा अर्को कुनै भाषा सम्पर्क भाषा हुन सक्दैन।’

उनले मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सभा सदस्यहरुसँग अनुरोध गर्दै प्रदेश २ को कानुनमा उल्लेख गरी हिन्दीलाई सम्पर्क भाषा बनाउन माग गरेका हुन्।

प्रदेश २ का आठ जिल्लामा नपढ्नेलेसमते बोलिने भाषा हिन्दी भएकोले यसैलाई सम्पर्क भाषाको लागि पहिचान दिन पनि उनले अग्रह गरे।

भारतको महावाणिज्यदूतावास वीरगंजले बिहीवार आयोजना गरेको कार्यक्रममा वीरगंजका ५ जना साहित्यकारहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रममा स्वर्गीय पंडित दिपनारायण मिश्र ,डा. शिवशंकर यादव,डा.वासुदेवलाल दास, सच्चिादानन्द सिंह, गणेश लाठलाई दोसल्ला ओढाई सम्मान प्रकट गरिएको थियो। सोही अवसरमा वीरगंजका केही विद्यार्थीहरुले कविता प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell