PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णालीमा बिदा निर्धारण गर्न समिति गठन, माघे संक्रान्तिको सार्वजनिक बिदा



पी बी खड्का

कर्णालीमा बिदा निर्धारण गर्न समिति गठन, माघे संक्रान्तिको सार्वजनिक बिदा

सुर्खेतः कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिनेबारे सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरेको छ। बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले कुन–कुन पर्वमा के–कति बिदा दिने भन्ने विषयमा अध्ययन गरेर सार्वजनिक बिदाको तय गर्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। 


मन्त्री भण्डारी संयोजकत्व रहेको समितिमा सामाजिक विकास मन्त्री दल रावल, सदस्य छन् भने मुख्यमन्त्री परिषद् कार्यालयका सचिव यज्ञराज बोहोरा सदस्य सचिव रहेका छन्।  मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्ति पर्वको अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। 


त्यस्तै, बैठकले सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। उक्त विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको हो। 


त्यसैगरी सामाजिक विकास मन्त्रालयले तयार गरेको कर्णाली प्रदेश स्वंयसेवक परिचाल कार्यविधि स्वीकृत गरेको छ। 


प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ भने, घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए। 


त्यस्तै, उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ भने, जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनैतिक समितिमा पठाउने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell