PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सरकारी मिडिया प्रभावकारी नभएको सांसदहरुको गुनासो: ‘केही बाध्यता छ,’ सञ्चारमन्त्री बास्कोटा



बीपी साह

सरकारी मिडिया प्रभावकारी नभएको सांसदहरुको गुनासो: ‘केही बाध्यता छ,’ सञ्चारमन्त्री बास्कोटा

काठमाडौं: संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिका सांसदहरुले सरकारी मिडिया प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

लगानी, जनशक्ति र प्रविधि धरै भएपनि सरकारी मिडियाले निजी मिडियासँग प्रतिस्पर्धा गर्न नसकेको सांसदहरुले बताए।

‘अहिले पनि दुरदराजका क्षेत्रमा रेडियो नेपाल सुनिदैन। शहरमा पनि एफएमहरु कै बोलवाला छ,’ सांसद रंगमती शाहीले भनिन्,‘जनताको कर खेर गइरहेको छ।’

सांसद गणेश पहाडीले सरकारी मिडिया प्रभावकारी नभएको भन्दै सूचना तथा सञ्चारमन्त्रीसँग प्रश्न गरेका थिए।

‘रेडियो नेपाल सातवटै प्रदेशबाट सञ्चालनमा आउनु सकारात्मक छ तर सामाग्री कस्तो प्रस्तुत गर्ला त?’ समितिकी सदस्य इन्दु शर्माले प्रश्न गरिन्।

समितिले रेडियो नेपाल र नेपाल टेलिभिजनको अवस्थाबारे छलफलका लागि बैठक बोलाएको थियो। बैठकमा रेडियो नेपालका निर्देशक र नेपाल टेलिभिजनका अध्यक्षले प्रतिवेदन पेस गरेका थिए।

छलफलमा प्रस्तुत प्रतिवेदन पुरानै विषयवस्तुको भएको भन्दै समितिका सदस्य सांसद प्रभु साहले आलोचना गरेका थिए।

प्रतिवेदन सन्तोषजनक नभएको उनको भनाई थियो।

नेपाल टेलीभिजनले अहिले पनि सेटलाइटका लागि बढी पैसा तिरिरहेको भन्दै सांसदहरुले चिनियाँ टेलिकमसँगको सम्झौता तोड्नेबारे प्रश्न गरेका थिए। अहिले ब्याण्डवीथको भाउ घटे पनि नेपाल टेलीभिजनले धेरै तिरिरहेको उनीहरुको भनाई थियो।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी मिडियोको केही बाध्यता रहेको बताए।

‘हामी सरकारी सञ्चारमाध्यमको केही बाध्यता छ। निजी सञ्चारमाध्यमको जस्तो हल्का कन्टेन्ट हामी दिन सक्दैनौं,’ उनले भने, ‘तर पनि हामी अरु सञ्चारमाध्यमको भन्दा अगाडि छौं।’

कांग्रेस पनि सत्तामा हुँदा सरकारी सञ्चारमाध्यमको उपयोग गरेको आरोप लगाउँदै मन्त्री बास्कोटाले अहिले राजनीतिक करण भयो भनेर कुरा उठाउन नहुने बताए।

उनले केहीदिन भित्रै सरकारी सञ्चारमाध्यमले ठूलो फड्को मार्ने दाबीसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell