PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बेरोजगार छोरा र संघर्षशिल बुवाको कथा 'रणवीर'



पहिलोपोस्ट

बेरोजगार छोरा र संघर्षशिल बुवाको कथा 'रणवीर'

काठमाडौं : फिल्म 'रणवीर'को ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा एक्सन, रोमान्स र सस्पेन्स देखाउन खोजिएको छ। 

फिल्ममा सुशील सिटौलाको मुख्य अभिनय छ। एक्सन र रोमान्स जनरामा फिल्म बनेको बताइएको छ।

फिल्मलाई गाविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मालगायतको अभिनय छ।

निर्माता दिपेन्द्र रेग्मीले फिल्ममा एउटा शसक्त युवाको कथा समावेस गरिएको बताए। उनले भने 'रणवीर बेरोजगार छोरा र संघर्षशिल बुवाको कथा हो। यसमा प्रेम, वियोग र द्वन्दलाई पनि देखाइएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell