PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एपीएफ र आयोजक न्यू डायमण्ड उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

एपीएफ र आयोजक न्यू डायमण्ड उपाधिका लागि भिड्ने

काठमाडौँ : आयोजक न्यू डायमण्ड र विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। घरेलु महिला भलिबलमा यी चिरपरिचित प्रतिद्वन्दीले शुक्रवार भएको सेमिफाइनल खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

विभागीय भिडन्तको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई ३-१ को सेटमा हरायो। पहिलो सेट ट्राइबेकरमा २७-२५ ले जितेको एपीएफले दवस्रो सेट २५-५ ले सहजै जित्दै २-० को अग्रता बनाएको थियो। तेस्रो सेट २५-२२ ले जित्दै पुलिसले खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट २५-२१ ले जित्दै एपीएफले खेल आफ्नो पक्षमा पारेको हो। एपीएफको जितमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्।

यस्तै दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले टप्स उमावी पोखरालाई ३-० को सेटमा हरायो। घरेलु कोर्टमा सहजै खेल जित्ने क्रममा न्यू डायमण्डले टप्सला२ २५-१०, २५-११, २५-२१ ले पराजित गरेको हो। न्यू डायमण्डका प्रशिक्षक कुमार राईले स्टार खेलाडी प्रतिभा माली र पनामिका राईलाई टप्स विरुद्ध खेलाएनन्।

सेमिफाइनलमा पराजित पुलिस र टप्सले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell