PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रिन्सले जिते दोहोरो उपाधि



पहिलोपोस्ट

प्रिन्सले जिते दोहोरो उपाधि

नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन्। दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता प्रिन्स यू-१९ र यू-१५ दुवैतर्फ च्याम्पियन बने।

यू-१९ को फाइनलमा प्रिन्सले शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१-८, २१-१० ले सहजै पराजित गरे।

यस्तै तीन सेटसम्म चलेको यू-१५ को फाइनलमा उनले म्यानमारका ज लिन थुलाई २१-१५, १७-२१, २१-९ ले पराजित गरे।

नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ तीन विधामा फाइनल पुगेकी रशिला महर्जनले दुईमा उपाधि जितिन् भने एक मा जेसिका गुरुङ च्याम्पियन बनिन्।

यू-१९ मा शीर्ष वरीयताकी जेशिका गुरुङले रशिला महर्जनलाई २४-२२, २१-१४ ले पराजित गरिन्। यी दुई खेलाडीको जोडीले यू-१९ यूगलतर्फ उपाधि जिते। जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१-१२, २१-३ ले पराजित गरे।

यस्तै सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू-१५ तर्फ शीर्ष वरीयताकी रशिला महर्जनले स्मृती राईलाई २१-७, २१-३ ले पराजित गर्दै उपाधी हात पारिन्।

यू-१९ पुरुष युगलतर्फ म्यानमारका ज लिन थु र थु रिनको जोडीले नेपालका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २-१ ले पराजित गर्दै उपाधि जिते। म्यानमारको जोडीले महर्जन जोडीलाई १९-२१, २१-१८, २१-१७ ले पारजित गरे। नेपाली खेलाडीले पहिलो सेट जितेपनि उक्त लय कायम राख्न नसक्दा पराजित भए।

शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। विजयी खेलाडीहरुलाई विराटनगर नगरपालिकाका मेयर भिम पराजुली लगायतले पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell