PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

महिला टी-२० स्म्यास : नेपालले पहिलो खेल शनिवार चीनसँग खेल्दै, यस्तो छ तालिका



पहिलोपोस्ट

महिला टी-२० स्म्यास : नेपालले पहिलो खेल शनिवार चीनसँग खेल्दै, यस्तो छ तालिका

काठमाडौँ : थाइल्याण्डमा भोलीदेखि सुरु हुने थाइल्याण्ड वुमन्स टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनसँग खेल्ने भएको छ।

यसअघि सार्वजनिक भएको खेल तालिकामा नेपालको खेल तान्जानियासँग हुने भनिएपनि परिवर्तित तालिका अनुसार नेपाली महिला टोलीले छिमेकी चीनसँग पहिलो खेल खेल्न लागेको हो।

प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली महिला टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ। पुरुष टिमको पूर्व कप्तान तथा यू-१९ पुरुष टिमका मुख्य प्रशिक्षक समेत रहेका विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टिममा यस पटक चार नयाँ अनुहारले स्थान बनाएका छन्।

पुष २८ देखि माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा ९ देशका १० टोलीको प्रतिस्पर्धा गर्नेछन्। बयोजक थाइल्याण्डको दुई टोली छन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र चीनसहित युएई), मलेसिया र थाइल्याण्ड 'ए' छन् भने समूह ‘बी’ मा हङकङ, आयोजक थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मार छन्।

नेपालले दोस्रो खेल पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्नेछ।

दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाली टिम :

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर (उप-कप्तान), करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

वैक्लपिक खेलाडी : रितु कनौजिया, सुमन बिस्ट, सबनम राई

 

सपोर्ट स्टाफ :

अमृता पौडेल : टिम व्यवस्थापक

बिनोद दास : प्रशिक्षक

सकुना दानी : फिजीयो

 

परिवर्तित खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell