PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमएम कप क्रिकेट : यज्ञमान कुमाल एक्लैले लिए ७ विकेट, एपीएफको विजयी सुरुवात



पहिलोपोस्ट

एमएम कप क्रिकेट : यज्ञमान कुमाल एक्लैले लिए ७ विकेट, एपीएफको विजयी सुरुवात

सुनसरी : बलरहरु चम्केको दिन यज्ञमान कुमालले घातक बलिङ गर्दै ७ विकेट लिएपछि एपीएफले मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ।

सुनसरीको इनरुवमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रवार भएको समूह डी को खेलमा विभागीय टोली एपीएफले प्रदेश नम्बर १ लाई ९२ रनले पराजित गरेको हो।

एपीएफले राम्रो ब्याटिङ गर्न नसकेपनि यज्ञमानले उत्कृष्ट बलिङ गरेपछि एपीएफले खेल जितेको हो।

इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ३६ ओभरमै १५४ रनमा अलआउट भएको थियो।

१५५ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश यज्ञमानको बलिङसामु टिक्न सकेन र १७.५ ओभरमै ६२ रनमा अलआउट भयो।

यज्ञमानले ५.५ ओभर बलिङ गर्दा १ मेडन राख्दै १६ रन मात्र खर्चेर ७ विकेट लिए। भुवन कार्कीले २ तथा कमल सिंह भरीले १ विकेट लिए।

प्रदेश नम्बर १ का लागि नवौँ नम्वरमा ब्याटिङ गरेका दिपेश कँडेलले सर्वाधिक १६ र फिर्दोस अन्सारीले ११ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। चार खेलाडी खाता नखोली आउट भएका थिए।

त्यसअघि एपीएफका लागि आसिफ शेख र कमल सिंह ऐरीले समान ३३ रन बनाएका थिए। पुरन विकले २८ रन जोडे।

बलिङमा प्रदेश १ का दिपेश कँडेलले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर ४ विकेट लिए। यस्तै सिद्धान्त लोहनीले ३ र पुष्प थापाले २ विकेट लिए।

एपीएफले अब शनिवार गण्डकी प्रदेशसँग खेल्नेछ। उक्त खेल जितेमा एपीएफ सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell