PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

युइएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट चार खेलाडी, पहिलो पटक पर्न सफल यी हुन् पाँच खेलाडी



पहिलोपोस्ट

युइएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट चार खेलाडी, पहिलो पटक पर्न सफल यी हुन् पाँच खेलाडी
PHOTO : ESPN UK

युइएफएफ टिम अफ दि इअरमा स्पानिस क्लब रियल मड्रिडबाट सर्वाधिक चार खेलाडी पर्दा प्रिमियर लिग भरबाट जम्मा तीन खेलाडी अटाएका छन्।

यस्तै स्पानिस क्लब बार्सिलोनाबाटै दुई खेलाडी परेका छन् भने इटालियन सिरी ए र फ्रेन्च लिग वान बाट एक-एक खेलाडी उक्त टिममा परेका छन्।

गत सिजन युरोपियन च्याम्पियन्स लिग जितेको रियल मड्रिडबाट तीद्द डिफेण्डर मार्सेलो, राफले भारन र सर्गियो रामोस अनी बालोन डे'ओर र फिफा बेस्ट अवार्ड विजेता लुका मोडरिच ड्रिम टिममा परेका छन्। यस्तै गत सिजनसम्म रियलमा खेल्दै यस सिजन इटालियन क्लब युभेन्ट्स गएका क्रिस्टियमानो रोनाल्डो पनि टिममा छन्।

बार्सिलोनाबाट कप्तान लियोनल मेसी र गोलकिपर मार्क टेर स्टेगन छन् भने फ्रेन्च क्लब पीएसजीबाट युवा स्टार किलिएन एमबाप्पे छन्।

प्रिमियर लिगअन्तर्गच चेल्सीबाट मिडफिल्डरद्वय एडेन हाजार्ड र एन गोलो कान्टे तथा लिभरपुलबाट डिफेण्ड भर्जिल भान डाइक छन्।

गोलकिपर स्टेगनसँगै दुई डिफेण्डर भान डाइक र भरान, मिडफिल्डर कान्ते अनी फरवार्ड एमबाप्पे गरी पाँच खेलाडी पहिलो पटक युइएफए टिम अफ दि इअरमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell