
काठमाडौँ : नेरी थापा र करुणा भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नेपालले थाइल्याण्डमा आजदेखि सुरु भएको थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेटमा विजयी सुरुवात गरेको छ।
समूह ए मा रहेको नेपालले छिमेकी चीनमाथ १० विकेटको शानदार जित हात पारेको हो। चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्यो।
नेपालको जितमा सीता राना मगरले नटआउट २४ रन बनाइन्। सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले नटआउट १४ रन जोडिन्। २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन्।
त्यसअघि एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो।
नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीनका खेलाडीले ५० रनको स्कोर समेत परा गर्न सकेनन्।
चीनका खेलाडीलाई खुलरे खेल्नबाट रोक्न नेपाली बलरद्वय नेरी र करुणाले उत्कृष्ट प्रदर्शन गरे।
नेरीले २ र करुणाले ३ विकेट लिइन्। नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएन्।
चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चीनले आफ्नो इनिङ्सभरी जम्मा ३ वटा मात्र चौका प्रहार गर्न सक्यो।