
विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने पाँचौ भारतीय खेलाडी बनेका छन्।
शनिवार अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीयमा पहिलो रन लिएसँगै धोनीले उक्त सफलता हात पारेका हुन्।
धोनीले ३३० एकदिवसीयमा २७९ इनिङ्स खेल्दै सचिन तेन्देलकुर, सौरभ गांगुली, राहुल द्रविड र कप्तान विराट कोहलीपछि १० हजार रन हान्ने पाँचौ भारतीय खेलाडी बने।
संयोगवस पाँचै खेलाडी भारतको कप्तान भइसकेका छन्। कोहली वर्तमान भारतीय टिमका कप्तान हुने भने बाँकी चार जना पूर्व कप्तान हुन्। भारत सचिन तेन्दुलकरले १८ हजार ४२६, सौरभ गांगुलीले ११ हजार २२१, राहुल द्रविडले १० हजार ७६८ र विराट कोहलीले १० हजार २३५ रन बनाएका छन्।
यस्तै धोनी समग्रमा भने १० हजार रन पुरा गर्ने विश्वका १३औँ खेलाडी बनेका छन्।
भारतबाहेक श्रीलंकाका कुमार सांगाकार, सनथ जयासूर्या, माहेला जयवर्दने र तिलकरत्ने दिल्सानले पनि १० हजार रन पुरा गरेका छन्।
यस्तै अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ, पाकिस्तानका पूर्व कप्तान इन्जमान उल हक, दक्षिण अफ्रिकाका ज्याक कालिस र वेष्ट इन्डिजका ब्रायन लाराले पनि १० हजार रन पुरा गरिसकेका छन्।
यी १३ मध्ये कोहली र धोनी मात्र एकदिवसीय क्रिकेटमा सक्रिय छन्।
🙌 10,000 ODI RUNS FOR INDIA FOR MS DHONI 🙌
— ICC (@ICC) January 12, 2019
The wicket-keeper batsman becomes the fifth to reach the milestone for his country. 👏#AUSvIND LIVE 👇https://t.co/cJ0yJS6W8v pic.twitter.com/ezkRGRjCRI
एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतकै तेन्दुलकर हुन्। यस्तै श्रीकंलन सांगाकार दोस्रो तथा अष्ट्रेलियन पोन्टिङ तेस्रो स्थानमा छन्।
एकदिवसीयमा धोनीको व्यक्तिगत उच्च स्कोर १८३ रन हो।
अष्ट्रेलिया विरुद्ध सिड्नीमा खेल्नुअघि नै धोनीले ५० ओभर क्रिकेटमा १० हजार १७३ रन बनाइसकेका थिए। तर उनले १७४ रन भने एसिया-११ को प्रतिनिधित्व बनाएका थिए। धोनीले एसिया-११ को सहित गरी कूल ३३३ एकदिवसियमा १० हजार २२४ रन बनाएका छन्।
धोनीले सन् २००४ मा भारतको लागि बंगलादेश विरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। भारतका लागि दुई इनिङ्समा बलिङ समेत गरेका धोनीले १ विकेट लिएका छन्।
धोनीले २००९ को च्याम्पियन्स ट्रफी क्रिकेटमा बलिङ गर्दै वेष्ट इन्डिजका ट्रेभिस डवलिनलाई बोल्ड गरेका थिए।