PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

तीन खेलाडीको अर्धशतक र रिचर्डसनको ४ विकेट मद्दतमा अष्ट्रेलिया विजयी, रोहितको शतकले पनि जिताउन सकेन भारतलाई



पहिलोपोस्ट

तीन खेलाडीको अर्धशतक र रिचर्डसनको ४ विकेट मद्दतमा अष्ट्रेलिया विजयी, रोहितको शतकले पनि जिताउन सकेन भारतलाई

रोहित शर्माले शतक प्रहार गरेपनि झ्ये रिचर्डसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि अष्ट्रेलियाले पहिलो एकदिवसीयमा भारतलाई ३४ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाको यो एक हजारौँ जित समेत हो।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि उस्मान खवाजा, सन मार्स र पिटर ह्याण्ड्सकम्बले अर्धशक प्रहार गरे।

ह्याण्ड्सकम्बले ६१ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए। खवाजाले ५९ र मार्सले ५४ रन योगदान गरे। ४३ बल खेलेका मार्कुस स्टोइनिसले २ चौका र २ छक्काको मद्दतमा नटआउट ४७ रन बनाए। ग्लेन म्याक्सवेलले ५ बल खेल्दै एक चौकाको मद्दतमा ११ रन जोडे। एलेक्स केरीले २४ रन जोड्दा आरोन फिन्च ६ रन बनाएर आउट भए।

भारतका भुवनेश्वर कुमार र कुलदिप यादवले २-२ विकेट लिए।

जवाफमा भारतीय ओपनर रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै १३३ रन बनाएपनि जिताउन सकेनन्। रोहितले १२९ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गरे।

रिचर्डसनले र जासो बारोडफले उत्कृष्ट सुरुवात गर्दै ४ ओभर भित्र ३ विकेट लिएपछि भारतको इनिङ्स धरासायी बनेको थियो। पहिलो ओभरको अन्तिम बलमा बारोनडोफले ओपनर शिखर धवनलाई एलबीडब्लु आउट गरे भने चौथो ओभरमा रिचर्डसनले कप्तान विराट कोहली र अम्बाटे राएडुलाई आउट गरेपछि भारत ३-४ को स्थितीमा पुगेको थियो।

तर चौथो विकेटका लागि रोहित र महेन्द्र सिंह धोनीले शतकिय साझेदारी गर्दै भारतको इनिङ्स उकासेल। ३३औँ ओभरमा बारोनडोफले यी दुई बीचको १३७ रनको साझेदारी तोड्दै धोनीलाई आउट गरेपछि भारतीय इनिङ्स फेरी धर्मराएको थियो। एक छेउबाट रोहितले इनिङ्स सम्हालेपनि अर्को छेउबाट निरन्तर विकेट जाँदा भारतले ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन मात्र बनाउन सक्यो।

९१ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा धोनीले ५१ रन बनाए। धोनीले अष्ट्रेलिया विरुद्ध पहिलो रन जोड्दै एकदिवसिय क्रिकेटमा १० हजार रन समेत पुरा गरेका छन् र यस्तो उपलब्धी हासिल गर्ने पाँचौ भारतीय खेलाडी समेत बने।

यसबाहेक दिनेश कार्तिकले १२ रन जोडे भने भुवनेश्वर कुमारले नटआउट २९ रन बनाए। भारतका ६ खेलाडीले दोहोरो अंककमा रन बनाउन सकेनन्।

बलिङमा अष्ट्रेलियाका रिचर्डसनले सर्वाधिक ४ तथा बारोनडोफले स्टोइनिसले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका रिचर्डसनले २ मेडन राख्दै २६ रन मात्र खर्चेर ४ विकेट लिए।

यस्तै बारोनडोफले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चे।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell