PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आयोजक न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि



पहिलोपोस्ट

आयोजक न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि

काठमाडौँ : आयोजक न्यू डायमण्डलाई पराजित गर्दै विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिवार न्यू डायमण्डको घरेलु कोर्टमा भएको फाइनलमा न्यू डायमण्डलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बन्यो।

पहिलो सेट गुमाएपनि लगातार तीन सेट जितेर खेल जितेको एपीएफले गत वर्ष बेहोरेको हारको बदला समेत लिएको छ।

च्याम्पियन एपीएफले ३ लाख १ हजार नगद पुरस्कार हात पार्दा न्यू डायमण्डले २ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।

शनिवारै भएको खेलमा टप्स उमावीलाई पराजित गर्दै नेपाल पुलिसले तेस्रो स्थान हात पार्‍यो।

च्याम्पियन एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुँदा अन्य विधागत अवार्डमा भने न्यू डायमण्डकै वर्चस्व रह्यो।

उत्कृष्ट खेलाडी हुँदै सरस्वतीले १५ हजार हात पारिन्। न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, ललिता नाथ उत्कृष्ट क्विकर, अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भइन्।

एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लकर घोषित हुँदा च्याम्पियन प्रशिक्षक ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell