PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नवौँ मिनेटमै पछि परेको काक्करभिट्टा एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै सेमिफाइनलमा



पहिलोपोस्ट

नवौँ मिनेटमै पछि परेको काक्करभिट्टा एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै सेमिफाइनलमा

धनगढी : मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै काक्रभिट्टाले अन्तिम चारमा स्थान बनाएको हो।

धनगढी रंगशालामा खेलको नवौँ मिनेटमै पछि परेको काक्करभिट्टाले एपीएफलाई २-१ ले पराजित गर्‍यो।

नवौं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। ४१औं मिनेटमा विश्वास श्रेष्ठले काक्करभिट्टाका लागि बराबरी गोल फर्काए।

खेल सकिन तीन मिनेट बाँकी छँदा विकास राईले गोल गर्दै काक्करभिट्टालाई २-१ ले अग्रता दिलाएर त्यही नतिजा कायम राख्दै काक्करभिट्टाले खेल जित्यो।

विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरुप नभएपनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए। उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बने। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

काक्करभिट्टाले अब फाइनल पुग्न थ्री स्टार र च्यासलबीचको खेलको विजेतासँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत आइतबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell