PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

बीपीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ढाका डाइनामाइट्स विरुद्ध बलिङ गर्दै



पहिलोपोस्ट

बीपीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ढाका डाइनामाइट्स विरुद्ध बलिङ गर्दै

काठमाडौँ : बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपालका सन्दीप लामिछाने लगातार तेस्रो खेल खेल्दैछन्। सिलेट सिक्सर्सबाट यसअघिका दुई खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लगातार तेस्रो खेलमा पनि प्लेइङ ११ मा पर्न सफल भएका हुन्।

सिलेटले ढाका डाइनामाइट्स विरुद्धको खेल फास्ट बलर इर्फान खानको स्थानमा सोहेल तनविरलाई खेलाएको छ।

सन्दीपले कमिला भिक्टोरीएन्स विरुद्धको पहिलो खेलमा २ विकेट लिएका थिए। चितागोङ भाइकिङ्स विरुद्धको खेलमा विकेट लिन नसकेपनि किफायती बलिङ गरेका सन्दीपले डाइरेक्ट हिटमार्फत विपक्षीलाई आउट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell