काठमाडौँ : सन्दीप लामिछानेले टी-२० क्रिकेटमा लगातार दुई खेलमा विकेटलेस बनेका छन्। बंगलादेशमा भइरहेको बीपीएल अन्तर्गत शनिवार भइरहेको ढाका डाइनामाइट्स विरुद्धको खेलमा सिलेट सिक्सर्सबाट खेलेका सन्दीपले विकेट लिन सकेनन्।
यस खेलमा सन्दीप महाँगोल समेत सावित भए।
बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कमिला भिक्टोरिएन्स विरुद्ध २ विकेट लिएका सन्दीपले त्यसपछि चितागोङ भाइकिङ्स विरुद्धको खेलमा विकेट लिन सकेका थिए।
सन्दीप ७ खेलपछि विकेटविहिन बनेका थिए।
सिलेटका लागि बीपीएद्यमा लगातार तेस्रो खेल खेलेपनि ढाका विरुद्धको खेल सन्दीपको लागि राम्रो हुन सकेन।
उनले ४ ओभर बलिङ गर्दा ३३ रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। सन्दीपले २४ बल बलिङ गर्दा ९ बल डट फालेका थिए। तर विपक्षीले दुई चौका र दुई छक्का प्रहार गरेपछि सन्दीप महँगा बने।