PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

औषधि गर्न भन्दै घरबाट हिँडेका आमा छोरा जंगलमा मृत अवस्थामा फेला



पहिलोपोस्ट

औषधि गर्न भन्दै घरबाट हिँडेका आमा छोरा जंगलमा मृत अवस्थामा फेला
प्रतीकात्मक तस्विर

रुकुमः सिस्ने गाउँपालिका–६ की ३० वर्षीय रेनुका केसी शाह र उनका २० महिनाका नाबालक छोरा शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ।

उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्किएकी थिइन्। घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए।

दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उनले बताए। प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell