PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

वुमन्स टी २० स्म्यास : नेपालको लगातार दोस्रो जित, सरीताको उत्कृष्ट बलिङ



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : नेपालको लगातार दोस्रो जित, सरीताको उत्कृष्ट बलिङ

काठमाडौँ : सरीता मगरको उत्कृष्ट बलिङ मद्दतमा नेपालले वुमन्स टी २० स्म्यास क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।

थाइल्याण्डमा भइरहेको समूह ए अन्तर्गत आइतवारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। यसअघि नेपालले शनिवार पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो। लगातार दुई खेलपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

नेपालले अब भोली युएईसँग खेल्नेछ। यस्तै बधवार समूहको अन्तिम खेलमा थाइल्याण्ड 'ए' सँग खेल्नेछ।

मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

नेपालको रोमा थापाले नटआउट रहँदै सर्वाधिक २० रन बनाइन्। २४ बल खेलेकी उनले १ चौका प्रहार रगिन्। यस्तै ओपनर सीता राना मगरले १६ रन बनाइन्।

त्यसअघि सरीता मगरले उत्कृष्ट बलिङ गर्दै ४ वकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा ६१ रनमा अलआउट भएको थियो।

मलेसियाका लागि सिओव तिन यीले सर्वाधिक १२ र ओपनर युसरिना याकोपले ११ रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाका दुई खेलाडी खाता नखोली पभेलियन फर्के।

सरीताले ३.३ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ४ विकेट लिइन्। यस्तै किफायती बलिङ गरेकी कविता कुँवरले ४ ओभरमा १ मेडन राख्दै जम्मा ५ रन खर्चेर १ विकेट लिइन्। इन्दु बर्मा र नेरी थापाले पनि १-१ विकेट लिइन्। मलेसियाका तीन खेलाडी रनआउट भएका थिए।

मलेसिया विरुद्ध ४ विकेट लिएकी सरीता नेपाली खेलाडीतर्फ महिला टी २० मा उत्कृष्ट बलिङ गर्ने खेलाडी बनेकी छिन्। चीन विरुद्ध करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell