PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बाक्लो कुहिरोले प्रहरी-अपराधिक समुहको जम्काभेटः प्रहरीको गोली लागि युवकको ज्यान गयो



पहिलोपोस्ट

बाक्लो कुहिरोले प्रहरी-अपराधिक समुहको जम्काभेटः प्रहरीको गोली लागि युवकको ज्यान गयो

काठमाडौँ: रुपन्देहीमा प्रहरीको गोली लागि एक भारतीय युवकको मृत्यु भएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका१० स्थित शंकरपुरमा गस्तीमा रहेको प्रहरी माथि जम्काभेट हुँदा मुडभेटमा अन्दाजी ३५ वर्षीय भारतीय युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। एसपी थापाले भने,’ड्युटीमा रहेका प्रहरीसँग जम्काभेट भयो। उनीहरूले फायर खोले पछि प्रहरीले जवाफी फायर खोलेको हो।'

प्रहरीले घटनास्थलबाट युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल समेत फेला पारेको छ। मोटरसाइकको पछाडि बसेका युवकले गोली चलाएका थिए। एक युवक भने फरार छन्। बाक्लो हुस्सुको कारण एक्कासी जम्काभेट हुँदा गोली चलेको थियो।

मृत्यु भएका युवकको सनाखत हुन सकेको छैन। 'साथमा पेस्तोल भएकाले आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। तर कस्तो किसिमको अपराध हो। के हो भन्ने खुल्न सकेको छैन। तस्कर समूह नहुन पनि सक्छन्। थप अनुसन्धानले बताउँला।‘ एसपी थापाले भने।

मुठभेडमा प्रहरीका एक जवानलाई गोली लागेको छ। यसअघि पनि रुपन्देहीमा तस्कर समूहले ड्युटीमा जवानको हात भाँची दिएको थियो। त्यो घटनासँगै जिल्ला प्रहरी कार्यालयले ४/५ जनाको समूहमा हतियार सहित गस्ती खटाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell