PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लिग च्याम्पियन मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

लिग च्याम्पियन मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

धनगढी : ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

राजधानीमा केही दिनअघि सम्पन्न शहिद स्मारक लिगमा १३ मध्ये १२ खेल जित्दै च्याम्पियन बनेको मनाङ मोफसलको पहिलो नकआउट टुर्नामेन्टको पहिलो खेलमै पराजित हादै बाहिरिएको हो।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको मनाङलाई पुलिसले १-० ले पराजित गरेको हो। धनगढी रैगशालमा आइतवार भएको खेलमा पुलिसलाई जित दिलाउन खेलको एक मात्र गोल ७०औँ मिनेटमा निर कुमार राईले गरे।

तेज तामाङले प्रहार गरेको कर्नर बल मान बहादुर परियारलाई लागेर आएपछि पेनाल्टी क्षेत्रमा अनमार्क रहेका निर कुमारले राईले भलिमार्फत गोल गरेका हुन्। निर्णायक गोल गरेका निर कुमार खेलको म्यान अफ दि म्याच बने। उनले नगद १० हजार पाए।

पुलिसले अब सेमिफाइनलमा लिगको उपविजेता बनेको संकटा र क्यामरुनी क्लब धाउफिन्सबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत सोमवार च्यासल र थ्री स्टारबीच तेस्रो क्वाटरफानइनल खेल हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell