PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण



पहिलोपोस्ट

पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

काठमाडौं : पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन्। अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोश्रो र तेश्रो भए।

महिला ५५ केजीमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन्। निर्मला भण्डारी (५० केजी) ले रजत तथा लक्ष्मी घिमिरे (४० केजी) ले कांस्य जिते।

पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङले शीर्ष स्थान हात पारे। गिरीराज थापा दोश्रो तथा सागर पाण्डे तेश्रो बने। दुवैले समान ४५ केजी वजन उठाए पनि अघिल्लो लिफ्टका आधारमा गिरीराज दोश्रो भएका हुन्।

६५ केजीमा विष्णुपुकार श्रेष्ठ पहिलो भए। उनले ६५ केजी तौल उचाले। त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोश्रो स्थानमा चित्त बुझाए। ६० केजी भार वहन गरेका यम श्रेष्ठ तेश्रो स्थानमा रहे।

पुरुष ७२ केजीमा आशिष मानन्धरले स्वर्ण जिते। आशिषले १२० केजी वजन उठाए। भरत बिसी (६५ केजी) दोश्रो तथा रविन्द्र खत्री (५५ केजी) तेश्रो भए। ७२ केजीमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले। शरद पौडेल (८० केजी) दोश्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेश्रो भए।

विजेतालाई राखेपकी सदस्य इन्दिरा निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेल, आयोजक संघका अध्यक्ष टेक गुरुङलगायतले पुरस्कृत गरे।

एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले ४ तथा १५ महिला खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell