PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रशिक्षकहरुको कार्यशाला सुरु



पहिलोपोस्ट

प्रशिक्षकहरुको कार्यशाला सुरु

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराइ कार्यशाला सञ्चालन गरेको छ।

मुख्यतः प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले आइतबार सातदोबाटोमा उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक रानाभाटले आठौं राष्ट्रिय खेलकुदका साथै अन्य प्रतियोगितालाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन तालिम आयोजना गरिएको बताए। उनले ठोस योजना साथ खेलकुदको विकासमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको प्रष्टाए।

कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विषयमा जानकारी दिने छन्।

कार्यशालाको अन्तिम दिन सोमबार आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले आठौं राष्ट्रियको तयारीलगायतका विषयमा प्रकाश पार्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell