PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेविसंघमा धमाधम राजीनामा, महाधिवेशन नभएकोमा असन्तुष्टि



पहिलोपोस्ट

नेविसंघमा धमाधम राजीनामा, महाधिवेशन नभएकोमा असन्तुष्टि

काठमाडौँः नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन्।

संघको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन्। यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनीता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन्। उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन्।

संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन्।

“जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,” सहमहामन्त्री शर्माले भने।

महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकाले राजीनामा दिनुपरेको शर्माले बताए।

“विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्छ,” केन्द्रीय सदस्य कल्पना खड्काले भनिन्। यसअघि संघका ९ पदाधिकारीले राजीनामा दिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell