PahiloPost

Jun 24, 2026 | १० असार २०८३

वुमन्स टी २० स्म्यास : युएईले नेपाललाई दियो १०६ रनको लक्ष्य



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : युएईले नेपाललाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले युएई विरुद्ध जितका लागि १०६ रनको लक्ष्य पाएको छ।

पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको हो।

युएईका लागि छाया मुघलले सर्वाधिक ३१ रन बनाइन् भने इशा ओजाले २८ रन जोडिन्। चामानी सेरेभिराथ्नेले २३ रनमा नटआउट रहिन्। नेपालका लागि सीता राना मगर, सोनु खड्का र करुणा भण्डारीले १-१ विकेट लिइन्। नेपालले युएईका तीन खेलाडी रनआउट मार्फत आउट गरे।

यसअघिका दुवै खेल जितेका नेपाल र युएई आजको खेल जित्दै सेमिफाइनलको यात्रा बलियो बनाउने योजनामा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell