PahiloPost

Jun 24, 2026 | १० असार २०८३

तामाकोशी सेयरमा लगानीकर्ताको लगाव, नियमभन्दा बढीमा भयो कारोबार



पहिलोपोस्ट

तामाकोशी सेयरमा लगानीकर्ताको लगाव, नियमभन्दा बढीमा भयो कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेन्जको प्रणालीमा समस्या आउँदा माथिल्लो तामाकोशीको शेयर कारोबार रोकिएको छ। कारोबारको प्रारम्भमै नियमभन्दा १० प्रतिशत बढेर प्रणालीले नै स्वचालित कारोबार गर्न थालेपछि कारोबार रोकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। 

तोकिएकोभन्दा बढी मूल्यमा भएको कारोबारको बारेमा के गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गो लगाइने पराजुलीले बताए। माथिल्लो तामाकोशीको कारोबारले समग्र नेप्सेको सूचकमा नै समस्या देखिएको छ। नियम अनुसार कम्पनीको बजार मूल्य १० प्रतिशतभन्दा बढाएर या घटाएर कारोबार गर्न पाइँदैन। 

आइतबारदेखि सुरु भएको कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको छ। कारोबारको लागि ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्ज तोकिएको थियो। आइतबार २२४ रुपैयाँमा ५१ हजारभन्दा धेरै कित्ताको कारोबार भएको थियो। 

सोमबार ३३६ रुपैयाँमा १४ हजार २०५ कित्ता कारोबार भइसकेको छ। यो मूल्य आइतबारको मूल्यभन्दा ५० प्रतिशत बढि हो।  यो कारोबारलाई रद्ध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell