PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

वुमन्स टी २० स्म्यास : युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, लगातार तेस्रो जितपछि सेमिफाइनलमा



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, लगातार तेस्रो जितपछि सेमिफाइनलमा

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।

सोमवार भएको खेलमा नेपालले युएईमाथि ६ विकेटको जित हात पारेको हो। नेपालले यसअघि चीन र मलेसियालाई पराजित गरेको थियो।

समूह ए मा लगातार तीन जितसहित अपराजित रहेको नेपाली महिला टोली एक खेलाडी नै सेमिफाइनल पुगेको छ। नेपालले अब अन्तिम खेल थाइल्याण्डको ए टिमसँग खेल्नेछ।

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो।

१०६ रन लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेयो। ओपनरद्वय काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ६१ रन को साझेदारी गरिन्।

३५ बल खेलेकी सीता ४ चौकाको मद्दतमा ३७ रन बनाएर १२औँ ओभरको दोस्रो बलमा आउट भइन्। त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गरेकी डली भट्टले आक्रमक सुरुवात गर्दै इनिङ्सको पहिलो छक्का प्रहार गरिन्। तर उनी ४ बलमा ७ रन बनाएर १३औँ ओभरको पहिलो बलमै बउट भएपछि नेपाल ७०-२ को स्थितीमा पुगेको थियो। त्यसपछि क्रिजमा पुगेकी इन्दु बर्माले २० बल खेल्दै १३ रनको योगदान गरिन्।

१६.४ ओभरमा ८८-४ को स्थितिमा रहेको नेपाललाई जितका लागि २० बलमा १८ रन आवश्यक थियो। यस्तो अवस्थामा कप्तान रुविना क्षेत्री र नेरी थापाले पाँचौ विकेटका लागि १४ बलमा १८ रनको साझेदारी गर्दै जित दिलाए। कप्तान रुविनाले ७ बल खेल्दै एक चौकाको मद्दतमा नटबउट १३ रन बनाइन्। नेरी थापाले ६ रनमा नटआउट रहिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको हो।

युएईका लागि छाया मुघलले सर्वाधिक ३१ रन बनाइन् भने इशा ओजाले २८ रन जोडिन्। चामानी सेरेभिराथ्नेले २३ रनमा नटआउट रहिन्। नेपालका लागि सीता राना मगर, सोनु खड्का र करुणा भण्डारीले १-१ विकेट लिइन्। नेपालले युएईका तीन खेलाडी रनआउट मार्फत आउट गरे।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell