PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : 'ललितपुरे डर्बी'मा च्यासललाई हराउँदै थ्री स्टार सेमिफाइनलमा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : 'ललितपुरे डर्बी'मा च्यासललाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

धनगढी : रुपेश केसीले खेल सकिन दुई मिनेट अगाडि गरेको गोल मद्दतमा थ्री स्टार क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

ललितपुर डर्बी म्याचमा च्यासल युथ क्लबलाई १-० ले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। धनगढी रंगशालामा सोमवार भएको खेलमा थ्री स्टारका लागि ८८औँ मिनेटमा रुपेश केसीले गोल गरेका थिए। सुनिल बलको क्रसमा पेनाल्टी एरियामा रहेका रुपेश गोल गरेका हुन्।

थ्री स्टारले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभित्ता ट्रेनिङ सेन्टरसँग खेल्नेछ।

प्रतियवगिताअन्तर्गत मंगलवार अन्तिम क्वाटरफाइनलमा संकटाले क्यामरनी क्लब धापिनस सँग खेल्नेछ। यस खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिससँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell