PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

३५ लाख रुपैयाँ सहित काठमाडौंको न्यूरोडबाट समातिए हुन्डी कारोबारी



पहिलोपोस्ट

३५ लाख रुपैयाँ सहित काठमाडौंको न्यूरोडबाट समातिए हुन्डी कारोबारी

काठमाडौः हुन्डीको कारोबार गर्ने दुई जनलाई प्रहरीले पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार दिउँसो न्यूरोडबाट सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ७ बस्ने ५५ वर्षीय भरत बहादुर बस्नेत र काठमाडौँ नयाँ बानेश्वरका ३८ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले बताए।

प्रहरीले न्युरोड भूगोलपार्क अगाडि पार्किङ गरिरहेको  बा ७ च २५६९ नम्बरको  कार चेक गर्दा भरतबहादुर बस्नेतको निलो रङको झोलामा पैँतिस लाख स्रोत नखुलेको रकम फेला पारेको थियो। प्रहरीको अनुसन्धानमा विशालबजारमा रहेको कन्टिनेन्टल मनी एक्सचेन्जका सञ्चालक सुनिल श्रेष्ठले उक्त रकम दिएको खुलेको छ। उनीहरूले हुन्डीको कारोबार गर्ने गरेको एसएसपी सिंहले जानकारी दिए।

दुवै जनालाई कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell