काठमाडौं : काली प्रसाद बास्कोटाले नयाँ गीत सार्वजनिक गरेका छन्। 'इन्स्टाको फोटो'बोलको गीतमा कालीकै शब्द र संगीत छ।
गीतको भिडियोमा कलाकार आसिफ शाह र सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरे फिचर्ड छन्।
भिडियोमा हरि हुमागाईंको छायाँकन,लोकेश बज्रचार्यको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।