PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रिमियर लिग : जेससको दुई गोलमा सिटीको सहज जित, शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी कम गर्न सफल



पहिलोपोस्ट

प्रिमियर लिग : जेससको दुई गोलमा सिटीको सहज जित, शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी कम गर्न सफल

गाब्रींएल जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती दश खेलाडीको वुल्भ्सलाई ३-० ले पराजित गरेको छ।

जेससले दुवै गोल पहिलो हाफमा गरेका थिए भने वुल्भ्सका खेलाडीले दोस्रो हाफमा एक आत्मघाती गोल उपहार दिएका थिए।

जितपछि २२ खेलबाट ५३ अंक जोडेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ४ मा झारेको छ भने तेस्रो स्थानको टोटनहममाथि ५ अंक अग्रता कायम गरेको छ।

घरेलु मैदान एतिहाड स्टडियममा खेलको १०औँ मिनेटमै जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। १९औँ मिनेटमै विल बोली रातो कार्ड खाँदै मैदान बाहिरिएपछि वुल्भ्स दश खेलाडीमा झर्‍यो। एक खेलाडी कम हुनका बावजुतपनि वुल्भ्सले सिटीलाई कठा चुनौती दिएको थियो।

तर आफ्नै गल्तीका कारण वुल्भ्सले दुई गोल बेहोर्‍यो। ३९औँ मिनेटमा सिटीले पेनाल्टी पायो र त्यसमा जेससले गोल गर्दै २-० को अग्रता दिलाए। वुल्भ्सका राएन बेन्नेटले रहिम स्६र्लिङलाई फल गरेपछि सिटीले पेनाल्टी पाएको थियो।

७८औँ मिनेटमा वुल्भ्सका कोनोर कोएडीले आत्मघाती गोल गरेपछि सिटीको जित पक्का बनेको थियो।

२२औँ चरणको समाप्तीपछि अंकतालिकामा बिग सिक्स टिम:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell