PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

कर्णाली सरकारले दियो माघीमा सार्वजनिक बिदा, केन्द्र मातहतका कार्यालय भने खुल्ने



पहिलोपोस्ट

कर्णाली सरकारले दियो माघीमा सार्वजनिक बिदा, केन्द्र मातहतका कार्यालय भने खुल्ने

सुर्खेतः कर्णाली प्रदेश सरकारले माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल टेलिकम, सरकारी वकिल कार्यालय, श्रम तथा रोजगार कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक, प्रहरी कार्यालय खुल्ने भएका हुन्।

‘सङ्घ मातहतका सबै कार्यालय खुल्छन्’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘केन्द्रबाट कुनै त्यस्तो जानकारी छैन। यहाँ प्रदेश मातहतका मात्रै कार्यालय बन्द रहन्छन्।’

यता, प्रदेश सरकारले माघी पर्वको अवसरमा यसअघिनै सार्वजनिक बिदाको घोषणा गरेको थियो। प्रदेश सरकारको प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइन्।

‘प्रदेश सरकारले सार्वजनिक बिदा दिइसकेको छ’, उनले भनिन्, ‘प्रदेश मातहतका सबै कार्यालय बन्द हुन्छन्। तर, सङ्घ मातहतका कार्यालयले के गर्छन् हामीलाई जानकारी छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell