PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बलात्कारपछिको हत्यामा धर्मपितालाई जन्मकैदको सजाय



पहिलोपोस्ट

बलात्कारपछिको हत्यामा धर्मपितालाई जन्मकैदको सजाय

धरानः धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

मुलुकी ऐन ज्यानसम्बन्धी महल  अनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए। जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो।

अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो। अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो। बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell