PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

चिनियाँ नेतासँग पूर्व मन्त्री खनालको भेट



रासस

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। 

आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उनका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए। 

उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको स्वकीय–सचिव भट्टराईले बताए। 

भेटमा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। भेटघाटमा पार्टीका केन्द्रीय विदेश विभागका हु ववेन, यु आलगायतका नेताको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell