PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

आमाले घुस खाँदा छोरीसमेत पक्राउ!



रासस

आमाले घुस खाँदा छोरीसमेत पक्राउ!

काठमाडौँ : घुस लिनेलाई पक्राउ गर्ने खबर सामान्य नै हो। तर, एउटा घुस प्रकरणमा कर्मचारीसँग उनकी छोरीसमेत पक्राउ परिन्। र, त्यसले नयाँ तथ्य पनि स्थापित गरेको छ - घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग हुन थालेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ गरेपछि सो कुराको रहस्य खुलेको हो। 

आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीलाई राख्न दिएको पाइएको छ। काठमाडौँमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगको दाबी छ। 
घुस रकम मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सहायक रजिष्टार पन्थी र उनकी छोरी पोषणलाई सोमबार पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell