PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

बुटिक एयरपोर्टबाहिर हेर्नुस् यस्तो बेहाल

बुटिक एयरपोर्टबाहिर हेर्नुस् यस्तो बेहाल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मान्छेहरुको लावालस्करसँगै २० केजीभन्दा माथिका भारी बोकेर धमाधम हिँडिरहेका छन्। यताबाट जाँदा उकालो चढ्नुपर्ने उताबाट आउँदा ओरालो झर्नुपर्ने वाध्यता। 

यहाँ भारी बोकेर असिनपसिन हुँदै उकाली ओराली गरिरहेका मानिस पेशाले भरिया चाहिँ होइनन्। नेपालीसँगै विदेशीको पनि यही हाल छ यहाँ। 
बुटिक एयरपोर्ट भन्दै भर्खरै आन्तरिक रुपमा सजाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर अवस्था हो यो। र यी यात्रुहरु हुन् जो उकाली ओराली गर्दा भारी घिच्याउन बाध्य छन्।   

केही अघिदेखि विमानस्थलको पार्किङ स्थानान्तरण भएपछि यात्रुहरु आफ्नो लगेज आफैँ बोक्न बाध्य छन्। ट्रलीसमेत निषेध छ यहाँ।     
ओजन बढी भएका लगेजसहितका यात्रुले माथि डिपार्चर अगाडीसम्म गाडी लैजान सक्ने व्यवस्था त मिलाइएको छ तर आउने यात्रुका लागि हरिया नम्बर प्लेट भएका ट्याक्सीको मात्र व्यस्था गरिएको छ। विमानस्थल व्यवस्थापनका अनुसार आउँदो वैसाखको पहिलो सातासम्म यात्रुले यही हालत बेहोर्नुपर्नेछ।      



ट्रेन्डिङ पोस्ट

Ncell